लागूऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन् । सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्ट पक्राउ परेका छन् । बिष्टलाई ११० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया