छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

काठमाडौँ- पछिल्लो समय पानीघट्ट लोप हुँदै गए पनि नुवाकोटको ककनी गाउँपालिकामा भने यथावत रहेको छ । कुटानी पिसानीमा प्रयोग हुने घट्टमा अहिले पनि स्थानीयको आकर्षण बढिरहेको छ ।
परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री तथा थोरै पानीमा पनि घट्ट चल्ने गरेको छ । वडा ४ को छहरे धन्सार बस्तीमा अवस्थित पानीघट्टबाट पिसाएको पिठोमा स्थानीयको झुकाव बढ्दो छ ।
केही समय अघिसम्म बस्तीमा बाक्लै पानीघट्ट रहेको थियो । बस्ती बढ्दै र विकासको सुविधा बढेसँगै घट्टको लोप हुन थालेको स्थानीयले बताएका छन् ।
सोही क्षेत्रमा करिब ७०-८० घरधुरी रहेका छन् । जहाँ स्थानीयहरू बाध्यताले भन्दा पनि रहरले घट्टको पीठो प्रयोग गर्ने गरेका छन् । बिद्युत् र डिजेल मिल भन्दा घट्टको पिसानी सस्तो र मिठो हुने गाउँले विश्वास गरेका छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

सिजनको सुन्तलाः कालीमाटीमा व्यापारीलाई भ्याइँनभ्याइँ

प्रतिक्रिया