तामाङ पत्रकार संघको अध्यक्षमा नेत्र तामाङ

काठमाडौं - तामाङ पत्रकार संघको सातौँ संघीय राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा नेत्र तामाङ सर्वसम्मत् चयन भएका छन् ।
राजधानीमा शनिबार सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थमान बल, उपाध्यक्ष्यमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा र मिक्साङ वाइबा तथा कोषाध्यक्षमा हीरामान बल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रतीक ङेसुर तामाङले जानकारी दिए ।
यसैगरी खुल्ला केन्द्रीय सदस्यमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, सङ्गम लामा र श्यामलाल लामा निर्वाचित भएका छन् । बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योञ्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ र श्यामबहादुर तामाङ तथा कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा अनुप योञ्जन र सन्तोषिकला तामाङ निर्वाचित भएका छन् ।
यसैगरी मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा साङबहादुर लो निर्वाचित चए । महाधिवेशनको शनिबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्घाटन गर्दै तामाङ पत्रकारले संस्कार, संस्कृति र वेषभूषाको प्रचारप्रसारमा कलम चलाउनुपर्ने बताए । पत्रकारले सधैँ नयाँ तथ्य खोजी गरी समाजलाई उपयोगी हुने समाचार सामग्री तयार पार्नुपर्ने उनको जोड थियो ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया