आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

गोल्छा ग्रुपद्वारा टिचिङ्ग अस्पताललाई ३० वटा सामसुङ्ग माइक्रोवेभ ओभन प्रदान

काठमाडौँ : गोल्छा ग्रुपले आइतबार त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ का बिरामीहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छा ज्यूले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिनका, प्राध्यापक डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरेकी छिन् ।

‘हाम्रो यो सानो योगदानले कोभिड–१९ विरुद्धको उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको लामो समय खटिनु पर्ने कठिन तथा व्यस्त समयलाई सहजता प्रदान गर्ने अपेक्षा गरेका छौं,’ उक्त कार्यक्रममा निर्देशक गोल्छाले भनिन् , ‘समर्पित स्वास्थ्यकर्मीहरु प्रति कृतज्ञता व्यक्त गर्न यो अवसर पाउँदा हामी कृतज्ञ छौँ ।’उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको हो ।