आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

विद्यालयमा राजनीति होइन, गुणस्तरीय शिक्षा प्रवाह गरौँः सांसद केसी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विद्यालयभित्र राजनीति नभएर गुणस्तरीय शिक्षा प्रवाह गर्न आग्रह गरेका छन् ।

नुवाकोटका बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा केसीले शिक्षाको महत्त्व र सामुदायिक सहभागिताबारे धारणा राख्दै शिक्षामा राजनीति प्रवेश गर्न नहुने बताएका हुन् ।

केसीले शिक्षा मानवमा दया, माया र सचेतनाको विकास गर्ने माध्यम भएको उल्लेख गर्दै यसको अभावले समाजमा नकारात्मक प्रवृत्तिको विकास हुन सक्ने चेतावनी दिए। उनले भने, “शिक्षाले मात्र समाजलाई समृद्ध बनाउँछ। तर, शिक्षामा विवाद र राजनीतिले यसलाई अवरुद्ध बनाउँछ।”

उनले आफ्नो शिक्षा मन्त्रीको कार्यकाल सम्झिँदै शिक्षालाई राजनीतिक दृष्टिकोणबाट नभई गुणस्तरीय शिक्षा प्रवाहको दृष्टिले अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। तर, त्यस दिशामा काम हुन नसकेकोमा उनले खेद व्यक्त गरे। उनले विद्यालयको स्वर्ण जयन्तीको अवसरमा पूर्व विद्यार्थी र अभिभावकहरूले ५० लाख रुपैयाँसम्मको आर्थिक सहयोग आएकाे विषयलाई उदाहरणीय भन्दै धन्यवाद व्यक्त गरे। उनले यो योगदान शिक्षाप्रति अभिभावक र पूर्वविद्यार्थीहरूको सजगताको प्रतिफल भएको बताए।

केसीले विद्यालयको विकासका लागि प्रविधिमैत्री भवन निर्माण गर्ने प्रतिवद्धता जनाउँदै भने, “जग्गाको व्यवस्थापन गर्नुहोस्, भवन निर्माणको जिम्मा म लिन्छु। प्रविधिमैत्री भवन अहिलेको आवश्यकता हो, र यसले विद्यार्थीहरूको शैक्षिक विकासलाई टेवा पुर्‍याउँछ।”

उनले समाजमा अभिभावकहरूमा छोरा र छोरीलाई समान अवसर दिने चेतना बढ्नु सकारात्मक भएको उल्लेख गरे। साथै, शिक्षकहरूले निष्पक्ष रूपमा शिक्षा प्रदान गर्नु र विद्यार्थीहरूको स्तर सुधारतर्फ ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।

केसीले शिक्षा क्षेत्रलाई विवादरहित राख्नुपर्नेमा जोड दिँदै नेपाली समाजको समृद्धिका लागि सहकार्यको खाँचो औंल्याए। उनले भने, “राजनीतिक दलहरू आरोप-प्रत्यारोपमा अल्झिनुहुँदैन। सहकार्यले मात्र विकास सम्भव छ।”

विद्यालयको स्वर्ण जयन्तीमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै केसीले मान्छेसँग धन मात्र नभई मन पनि हुनुपर्ने धारणा राखे। उनले विद्यालयको समग्र विकासका लागि सामुदायिक योगदानको प्रशंसा गरे।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…