हनिट्रयाप मुद्दामा फसेकी भैंसेपाटीकी इन्स्पेक्टर अदालतमा उपस्थित

काठमाडौं - हालसम्म फरार रहँदै आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन् ।
यसअघि फरार रहँदै आएकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।
ललितपुर, भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर २० लाख रुपैयाँ असुलेको घटनामा उनी मुछिएकी थिइन । सो रहस्य खुलेपछि शाहीलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
घरजग्गा कारोबारीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा भने यसअघि नै पक्राउ परिसकेका छन् ।
सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध मुद्दा

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतबाट ढकालको रिट खारेज

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

प्रतिक्रिया