आजदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन

काठमाडौँमा आइतबार (आज) देखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन २०२४ सुरु हुँदैछ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ।
सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागले जनाएको छ। विभागका प्रमुख डा कुन्दन अर्यालले पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।
सम्मेलनमा भारत, बङ्गलादेश र श्रीलङ्काका विज्ञहरूको प्रस्तुति रहेको छ। प्राध्यापक पी खरेलको ‘बहुच्यालन र दर्शकको खण्डीकरण’ विषयमा विशेष प्रस्तुति रहेको छ। यस सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचना विरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरूबीच छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम छ।

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
प्रतिक्रिया