एनपीएल उपाधिको भिडन्त : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।
सुदूरपश्चिमबाट खेलेका सैफ अली जैबले सर्वाधिक ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ४१ रन जोडे । त्यसैगरी कप्तान दीपेन्द्र सिंह ऐरी ९ रन बनाएर आउट भए ।
आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया