महसुल बक्यौता उठाउनकै लागि लाइन काट्नु उचित हैन - मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले महसुल बक्यौता उठाउनकै लागि विद्युत लाइने काट्ने कुरा उचित नभएको बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुधबारबाट बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले विद्युतमा ट्रङ्क लाइन र डेडिकेटेड लाइनमा भएको विवाद सरकारले समाधान गर्ने भन्दै महसुल बक्यौता उठाउनकै लागि विद्युत लाइने काट्ने कुरा उचित नभएको बताएका हुन् ।
१० वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको उनले बताए । उनले व्यवसायीहरूले पनि आफ्नो प्रयोग गरेको विद्युत महसुल इमान्दारिताका साथ तिर्नुपर्ने जिकिर गरे । विद्धुत प्राधिकरणका समस्या र कमी कमजोरी समेत छानबिन गर्नका लागि मन्त्रालयले छानबिन समिति गठन गरेको उनले बताए ।
मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको बताए ।
मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा पुसको १८ गतेसम्म मेला आयोजना हुने आयोजकले जनाएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल राखिएका छन् ।
मेलाको ५ लाख बढीले अवलोकन गर्ने र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया