कुटपिटबाट एकको मृत्यु, पाँच जना पक्राउ

धनगढी : कञ्चनपुरमा मदिरा सेवनपछि भएको विवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्लामछेट्टीका ३२ वर्षीय गणेश बोहराको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कुटपिटपछि घाइते भएका बोहराको उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा सोमबार बिहान ज्यान गएको हो । स्थानीयका अनुसार बोहरा र प्रकाश पालबीच विवाद भएको थियो ।
मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथले बताए । मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् ।
मृत्युपछि आरोपित प्रकाश पालसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ ।

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार…

'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

प्रतिक्रिया