मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको "नेटिभ पकेट वृक्षारोपण" पहल

वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक(LSL), टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र "रेभोल्युसन प्रोजेक्ट"को सहकार्यमा काठमाडौँको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको "नेटिभ पकेट वन" बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविद डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे। साथै उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरुको समेत सराहना गरे।

२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण "मियावाकी प्रविधि"बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ। यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ ।

लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न ९औं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको "१००० वटा रुख रोप्ने प्रतिबद्वता"को एक पाटो पनि रहेको छ ।

यस सहकार्यले वातावरणीय संरक्षणको लागी वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको साझेदारी र यस्ता सामुहिक पहलहरुको महत्वलाई उजागर गर्दछ ।

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:  अध्यक्ष ढकाल

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी