बजेट अभावका कारण सगरमाथा आन्तरिक विमानस्थल निर्माण अलपत्र

काठमाडौँ - उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण निर्माणको कार्य रोकिएर अलपत्र अवस्थामा पुगेको छ ।
निर्माणाधीन विमानस्थलको काम लामो समय सम्म रोकिएपछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उक्त विमानस्थलको स्थलगत अवलोकन गरेका छन् । मन्त्री पाण्डेले विमानस्थलको जग्गाको स्थलगत अवलोकन गर्दै सरकार संग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा लामो समय देखी विमानस्थल निर्माणको काम रोकिएको बताए ।
उनले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआव्जा समेत तिर्नु नपर्ने अवस्था रहेको, जग्गा प्राधिकरणका नाममा आइसकेको अवस्थामा समेत सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माणको कार्य सुचारु गर्न नसकिएको बताए । अब उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले लागत स्टिमेट तयार गरेर बजेट विनियोजन गर्नु पर्नेमा उनले जोड दिए ।
त्यस्तै संघीय सांसद डा. नारायण खड्काले हजारौं रुख काट्न लगाएर, वातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनैपनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने बताए । सांसद खड्काले जग्गा प्रति र प्रस्तावित विमानस्थल भित्रका रुख काट्ने काम सकिसकेको भन्दै अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौं जनता लिएर आफू मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण घेराउ गर्न काठमाडौं पुग्ने चेतावनी दिए ।
उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल बातावरण लगायतका सबै खाले बिषयले उपयुक्त रहेको भन्दै आफुहरुले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट बताए । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिव २६ प्रजातिका ३ हजार रुख कटान गरि प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको कार्य सुरु गरिएको भएपनि पछिल्लो समय करिब १५ हजार रुख कटान पश्चात् विमानस्थल निर्माणको काम पूर्ण रूपले रोकिएको छ ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_MB2qcY6SWz_2sdr4rt4qtjbwc7uaoa0bniawlnrvvp6eov0ld0hibsf5sxlubo8nlownfyv.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_1NSpq7XjC9_lbwucg3cbwxjcc0azvm77cwyiwtadjbuzo6enjzhgqamrj1jfcipo9ddgrpd.jpg)
प्रतिक्रिया