मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

निरन्तर घटेको सुनको मूल्य आज बढ्‌यो

काठमाडौँ- निरन्तर ओरालो लाग्दै आएको सुनको मुल्य मंगलबार भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

उता चाँदीको मूल्य भने स्थिर छ । हिजो झैँ आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।