डाटाहबद्वारा अब्जेक्ट स्टोरेज सेवा संचालनमा

डाटाहब प्रा.लि.ले नेपालमा सर्वप्रथम अब्जेक्ट स्टोरेज सेवा संचालनमा ल्याएको छ । यस सेवाले देशभरिका ग्राहकहरुलाई आफ्ना डाटा सजिलै र सुरक्षित रूपले संग्रह गर्न सक्षम बनाउनेछ । यो सेवा विश्वस्तरीय सेक्योरिटी प्रणालीमा आधारित रहेको छ । यसमा कुनै पनि स्थानबाट सजिलै कनेक्ट गर्न सकिने कम्पनीले जनाएकाे छ ।
अब्जेक्ट स्टोरेज सेवा एस थ्री (S3) स्तरिय विदेशी सेवाहरूसँग तुलना गर्दा डाटाहबको सेवा अधिक सुरक्षित, सुलभ र भरपर्दो हुनेछ ।
ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार डाटाको परिमाण थप वा घटाउन सक्ने डाटाहब प्रा.लि.का वरिष्ठ व्यवसाय प्रबन्धक बिशाल गौतमले जानकारी दिए ।
डाटाहब प्रा.लि.को आफ्नै डाटा सेन्टर र क्लाउड सेवा इन्फ्रास्ट्रक्चरबाट प्रदान गरिएको यस सेवाले विदेशी मुद्रा संचित गर्ने अवसर मात्र होइन, नेपालमा सूचना प्रविधि क्षेत्रलाई अझ सुरक्षित र विश्वसनीय बनाउनमा समेत योगदान रहनेमा कम्पनी विश्वस्त रहेको छ ।
डाटाहब प्रा.लि.ले विगत १४ वर्षदेखि बैंक, वित्त, बीमा, स्वास्थ्य, शिक्षा, सहकारी र सूचना प्रविधि क्षेत्रका विभिन्न संघसंस्थाहरुलाई डाटा सेन्टर र क्लाउड सेवाहरु प्रदान गर्दै आएको छ । डाटाहबले अझै विश्वस्तरीय साइबर सुरक्षा प्रणालीको साथ उत्कृष्ट र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया