एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री

म्याग्दी- यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।
कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।
गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उनले जानकारी दिए । रु १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो । ६४ जना शेयर सदस्यको रु चार करोड ८३ लाख शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले रु पाँच करोड सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ ।
सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ ।

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर
एक सय रोपनीमा अकबरे खुर्सानी खेती
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_N7JjBBszlY_m8u4yo8fevjcdyzvufpdi8cghumkigk2gpdahc5ymlkaimcpgriupbyzjc5y.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

प्रतिक्रिया