चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ

कैलाली : धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी–१ एलएन चोकमा जाँच गर्ने क्रममा उनको साथबाट चिकित्सकको स्वीकृति बिना खरीद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन–७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार– १५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो । निजले उक्त औषधि सेवन गर्नको लागि धनगढी–१ स्थित सन्तोष मेडिको प्रालिबाट खरीद गरेको खुल्न आएको हो ।
त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताए । बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया