मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

अफगानिस्तानमा कार बम विष्फोट, ३० सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको गज्नी प्रान्तमा आइतबार कार बम विष्फोट हुँदा ३० सुरक्षाकर्मी मारिएका छन् भने २४ घाइते भएका छन् । अफगान अधिकारीहरूले मृत्य हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको जनाएका छन् ।

अफगानिस्तानको सुरक्षा दस्ता मध्येको एक पब्लिक प्रोटेक्सन र्फोसको कार्यलयको कम्पाउण्डलाई लक्षित गरी गराइएको विष्फोटमा कोही सर्बसाधारण घाइते नभएको बताइएको छ । तर केही घरहरूमा क्षति पुगेको अफगान अधिकारीहरुले जनाएका छन् । 

अफगानिस्तानको गृह मन्त्रालयले विष्फोटको पुष्टि गरे पनि थप जानकारी दिएको छैन । विष्फोटको जिम्मेवारी कसैले पनि नलिएको अफगान सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यसैबीच, रायटर्सले विष्फोटका विषयमा तालिवानसँग सम्पर्क गरेको तर उसले कुनै टिप्पणी गर्न नमानेको बताएको छ ।   आफगानिस्तान सरकार तालिवानसँग शान्तिवार्तामा रहे पनि बम विष्फोटनको घटनामा कमी आएको छैन । आइतबार नै पूर्वी अफगानिस्तानको जाबुल इलाकामा भएको विष्फोटमा एकको मृत्य भएको थियो भने २३ घाइते भएका थिए ।  रोयटर्सबाट