लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाउनुभयो । उहाँले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
साद विन जाफरले अविजित ५२ रन बनाउनुभयो । उहाँले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाउनुभयो ।
बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिनुभयो । चितवन राइनोज आज चौथो जित निकाल्दै प्ले अफतर्फ लम्कने तयारीका छ । यता राम्रो योगफल बनाएर पनि लगातार चार हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने तयारीमा छ ।
चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीन जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।
तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यस्तै अघिल्ला चारवटै खेलमा हार खेपेको लुम्बिनी लायन्स अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया