पोखरामा पुस ९ बाट ‘हट बेलुन फेस्टिभल’ हुँदै

पोखरामा अन्तर्राष्ट्रिय हट बेलुन फेस्टिभल यही डिसेम्बर २४ (पुस ९ गते)देखि सुरु हुने भएको छ ।
बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे फाँटमा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहनेछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकले जानकारी दिए ।
महोत्सव पामे क्षेत्रको लौरुकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले बताए ।
फेस्टिभलमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र खेल समेत हुनेछन् । फेस्टिभलमा राष्ट्रिय कलाकारहरु दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ब्यान्ड, कार्टुन्ज क्रू लगायत पोखराका स्थानीय ब्यान्डले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।
फेस्टिभलको व्यवस्थापन क्रिज्म्याटिक डिजिटल सोलुसनले गर्दैछ भने नेपाल टुरिजम बोर्ड, गैरआवासीय नेपाली संघ र पोखरा टुरिजम बोर्डले प्रवर्द्धन गर्ने भएका छन् । फेस्टिभलको ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् । फेस्टिभलको अन्तर्राष्ट्रिय संयोजन दीपक श्रेष्ठ र रोबर्ट विकले गरिरहेका छन् ।
फेस्टिभलको माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने आयोजकको अपेक्षा छ । बेलुन नेपाल प्रालिले गत वर्षको फेब्रुअरीमा थाइल्याण्डमा भएको ‘इन्टरनेसनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाएको थियो ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_MB2qcY6SWz_2sdr4rt4qtjbwc7uaoa0bniawlnrvvp6eov0ld0hibsf5sxlubo8nlownfyv.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_1NSpq7XjC9_lbwucg3cbwxjcc0azvm77cwyiwtadjbuzo6enjzhgqamrj1jfcipo9ddgrpd.jpg)
प्रतिक्रिया