रविलाई अदालतमा उपस्थित गराइयो
रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई सोही दिन कास्की पुर्याइएको थियो । त्यसयता रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई गत मंगलबार चितवन लगेर पनि बयान लिइएको थियो । अनुसन्धान प्रक्रिया अझै सम्पन्न नभएकाले प्रहरीले थप १३ दिनको म्याद माग गरेको छ ।
लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धान भइरहेको छ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया