डाबरले ल्यायो नेपालकै पहिलो ‘फोर्टीफाइड जुस’

काठमाडौँ : डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ । यो नेपालकै पहिलो फोर्टिफाइड जुस भएको उत्पादक डाबर नेपालले जनाएको छ ।
फोर्टिफाइड जुस विश्वभर नै उपलब्ध भए पनि नेपालको लागि यो नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको डाबर नेपालले जनाएको छ । डाबर नेपालका प्रमुख एच.एस. बेदीलाई उद्धृत गर्दै डाबर नेपालले ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै जाने क्रममा नयाँ उत्पादन ग्राहक समक्ष ल्याएको उल्लेख गरेको छ ।
‘रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ,’ डाबर नेपालले भनेको छ, ‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा स्वाद र स्वास्थ्य दुवै पाइन्छ ।’
कोभिड–१९ महामारीको समयमा ग्राहकले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समयानुकुल उत्पादनका रूपमा स्वीकार गरेको डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले बताए । ‘उत्पादन विकासको दौरानमा गरिएको र्याण्डम टेस्टमा पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका छन्,’ उनले भने । यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको उपभोक्ता मूल्य १८० एमएलको मूल्य ३० रुपैयाँ र एक लिटर प्याकको मूल्य २५० रुपैयाँ तय गरिएको डाबर नेपालले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया