बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत

दाङ- राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई आज एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा वडा नं ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल प्रथम, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी द्वितीय र वडा नं ६ बगरापुरका हरिचन्द्र चौधरी तृतीय भएका छन् । पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजार नगदसहित एक एकवटा कृषि औजार फरुवा प्रदान गरी सम्मान गरिएको बताए ।
प्रक्रिया पुर्याएर आवेदन दिएका १६ जना कृषकबीच प्रतिस्पर्धा भएको थियो । पालिकाले कार्यविधि नै बनाएर प्रतियोगितामार्फत छनोट भएका किसानलाई सम्मान गरेको हो । कृषि पेसालाई मर्यादित बनाउन र कृषि पेसाप्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । -रासस

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

तनहुँका फाँटका किसानलाई चैते धान थन्क्याउने चटारो

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

प्रतिक्रिया