आंशिक सञ्चालनमा आयो डुम्रे-बन्दीपुर सडक

दमौली : पहिराले अवरुद्ध डुम्रे-बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।
पृथ्वीराजमार्गको डुम्रेबाट सात किमिको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । आंशिकरूपमा सडकखण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । “चार दिनदेखि सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको थियो, आंशिकरूपमा भए पनि सञ्चालनमा आएपछि केही सहज भएको छ”, उनले भने ।
पहिराले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छ । गाउँपालिकाले बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो पनि हटाउन शुरु गरेको छ । पहिरोले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ । ठाउँठाउँमा सडक भासिएको छ । पहिरोले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।
गाउँपालिकाले बाढीपहिरा पीडित भएकालाई राहत वितरण शुरु गरेको छ । बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ ।
“कोही चर्चमा, कोही बाल विकास केन्द्र, कोही विद्यालय र सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्”, उनले भने । बाढीपहिराले गाउँपालिकाभित्रका करिब १७२ घर जोखिममा परेको छ । बन्दीपुर–१, २, ३ र ४ मा बाढीपहिरोबाट बढी क्षति पुगेको जनाइएको छ । रासस

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया