एनपिएल - जनकपुर वोल्ट्स र चितवन राइनोज विजयी

काठमाडौँ - राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भएको खेलमा जनकपुर वोल्ट्स र चितवन राइनोज विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले कर्णाली याक्स र चितवन राइनोजले काठमाडौँ गुर्खाजलाइ पराजित गरेको हो । चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो ।
काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो ।
त्यस्तै दोश्रो खेलमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गर्यो । जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर वोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गयो ।
प्रतियोगिता अन्तर्गत मंगलबार सुदुरपश्चिम रोयल्स र विराटनगर किंस तथा चितवन राइनोज र पोखरा एभेन्जरबीच प्रतिष्पर्धा हुने क्यानले जनाएको

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया