अन्तिम २ ओभरमा ४३ रन बनाए पछि कर्णालीले दियो जनकपुरलाई १४२ रनको लक्ष्य

कर्णाली याक्सले नेपाल प्रियिमर लिग (एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १४२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीको टप र मिडल अर्डर फ्लप भएपनि लोअर मिडल अर्डरले उत्कृष्ट फिनिसिङ गर्दै जनकपुरलई चुनौतीपूर्ण लक्ष्य दियो।
कर्णालीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायो। अन्तिम २ ओभर बाँकी छँदा कर्णाली ९८–६को दबाबपूर्ण अवस्थामा थियो। त्यसपछि २ ओभरमा अर्जुन घर्ती र कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाएका थिए।
जसमा अर्जुनले १९ औं ओभरमा हर्ष थाकरलाई समान २ चौका र २ छक्का प्रहार गर्र्दै २२ रन बनाएका थिए। अन्तिम ओभरमा जिमी निशमलाई सोमपालले ३ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाएका थिए। खेलमा अर्जुजनले २२ बलमा ३३ रन बनाउँदा सोमपालले १३ बरमा २९ रन बनाए।
त्यसअघि ३५–४को खराब अवस्थामा रहेको कर्णालीका लागि गुल्सन झाले २७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३६ रनको उत्कृष्ट इनिङ खेले। यस्तै, शिखर धवनले १४ बलमा १४ रन बनाउँदा बाबर हायतले २५ बलमा १२ रन बनाए।
बलिङमा जनकपुरका मोहमम्मद मोसिन खानले २ विकेट लिए भने किशोर महतो, ललित राजवंशी, हर्ष र निशमले समान १ विकेट लिए।
प्रतियोगितामा कर्णालीको यो पहिलो र जनकपुरको दोस्रो खेल हो।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया