उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित

काठमाडौं - कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औं वार्षिकोत्सवको अवसरमा माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्।
त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मानपत्रसहित दोसल्ला प्रदान गरेकी थिइन्।
श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए। 'उहाँ निकै मिहिनेती शिक्षिका हो। काममा लगनशील हुनुहुन्छ। उहाँलाई गरिएको सम्मानले अरू शिक्षकमा पनि प्रेरणा जागृत हुने विश्वास लिएका छौं। राम्रो कामको राम्रै मूल्यांकन हुन्छ भन्ने यो उदाहरण पनि हो,' खड्काले भने।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया