आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एनपिएलः खेलाडी ललितले लिए पहिलो विकेट

नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो विकेट लिने खेलाडी ललित राजवंशी बनेका छन् ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा आज भएको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् ।

ललितले एनपिएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् । यस्तै एनपिएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भएका छन् ।