सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अलिवम्ब खारेज गर्न महासंघको माग
काठमाडौँ- सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेण्टमा प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेण्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।
खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेण्टमा गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको भनाइ छ । ‘विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको विदितै छ’ महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ ।
निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी निर्माण व्यवसायी सहित आम उपभोक्तालाई राहत दिन महासंघले नेपाल सरकारका सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ । मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गर्न बाध्य हुने महासंघको भनाइ छ ।

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल–इटाली व्यापार सम्बन्ध सुदृढ गर्न वाणिज्य संघको पहल, मानार्थ वाणिज्यदूत पा…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया