शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने जनाएको छ ।
शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले यस स्टीमरका बारेमा बोल्दै भने, “शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ । हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टीमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त बनाउँछ ।”
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । जसले गर्दा यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिने जनाएको छ । यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ । यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुजे दाबी गरेको छ ।
यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्ने जनाएको छ । यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ । सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्ने जनाएको छ ।
१६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टीम फ्लोले उच्च स्तरको परिणाम दिन्छ । खुम्चाई हटाउनका साथै यसले ९९.९९% ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउने कम्पनीले जनाएको छ ।
शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य रु.४,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ । थप जानकारी शाओमीको आधिकारिक वेबसाइटमा पाउन सकिन्छ ।

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

प्रतिक्रिया