कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी

कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी भएको देखाईएको छ । ईन्टरनेश्नल आईडिया नेपालद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालाहरुसँगको छलफलमा कर्णालीको आर्थिक वृद्धि र यसका संभावनाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
उक्त छलफलमा आईडिया नेपालका प्रादेशिक कार्यक्रम अधिकृत खगेन्द्र चाम्लिङ राईले प्रतिवेदन प्रस्तुत गर्दै यो अनुसन्धानमा आवधिक योजना, आर्थिक सर्वेक्षण, मुख्य व्यक्तिहरुसँगको साक्षात्कार, सरोकारवालाहरुको विश्लेषण र अवलोकनबाट कर्णाली प्रदेशको आर्थिक संभावनाको विश्लेषण गरिएको बताए।
उनले भने, “हामीले अनुसन्धान प्रतिवेदन निर्माणपश्चात् विषयगत बहुसरोकारवालाहरु जस्तो विकास साझेदार, महिला सरोकारवाला, उद्योग, व्यवसायी, नागरिक अगुवा, राजनीतिकर्मी, कर्मचारीहरुसँग छलफल गरेका छौं ।”
अब जिल्लासहित प्रदेशस्तरीय बहुसरोकारवालाहरुसँग बसेर नीतिगत र कार्यान्वयन तहमा भएका समस्याको खोज गरी निष्कर्ष पुग्ने लक्ष्यसहितको योजना रहेको अधिकृत राईले जनाए । आईडिया नेपालका कार्यक्रम अधिकृत प्रमोद भगतले प्रदेश सरकारको अर्गानिक कर्णाली निर्माणको लक्ष्य, गोल्डेन ट्रयाङ्गल रुट, पर्यटन, भेरी तथा तल्लो कर्णाली क्षेत्रको कृषिको दीगो उत्पादन र पूर्वाधार समेटिको प्रस्तुति राखे ।
उक्त संस्थाका प्रादेशिक कार्यक्रम व्यवस्थापक प्रकाश झाले कर्णालीमा उपज वस्तुको मूल्य श्रृङखलालाई सरकारले ध्यान दिनुपर्ने तर्क गरे । उत्पादित चीजहरुको बजारीकरण हुन सके यहाँका नागरिकहरुको आयआर्जनमा वृद्धि हुने बताए । उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता महेन्द्रजंग शाहीले कणाृलीको पूँजी निर्माणका लागि वन क्षेत्रको उपयोग, सेवाको प्रभावकारिताका लागि सडक सञ्जाल र एकीकृत बस्ती विकास हुनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा सहभागी गाउँपालिका राष्ट्रिय महासंघका प्रदेश सदस्य तथा चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष खड्ग विकले कार्य प्रकृतिका आधारले सबै क्षेत्र र पेशा व्यवसायको पहिचान हुनुपर्ने, कार्यक्रमलाई वास्तविक किसान कहाँ पुर्याउनुपर्नेमा जोड दिए ।
छलफलमा सहभागी सरोकारवालाहरुले कर्णालीको आर्थिक वृद्धिको लागि वास्तविक तथ्याङ्को अभिलेखीकरण, पूर्वाधार विकास, रैथानीबालीको ग्रेडिङ, प्याकेजिङ तथा बजारीकरण हुनुपर्ने, सरकारले लघुउद्यम, कृषि, पर्यटन र जडीबुटीमा लगानीमैत्री वातारण सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया