एआर रहमानको सम्बन्धविच्छेदमा जोडियो गिटारिष्ट मोहिनीको नाम

काठमाडौँ- बलिउडका चर्चित एआर रहमानको २९ बर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । मिडिया र सामाजिक संजालमा रहमानको पत्नी सायरा बानोसँग भएको सम्बन्धविच्छेदको कारण बारे चर्चा भइरहेको छ ।
यसैबीच रहमानले पत्नीसँग सम्बन्धविच्छेदको घोषणा गरेको केही घण्टा पछि, उनको समूहकी बेस गिटारिस्ट मोहिनी डेले पनि आफ्नो पतिबाट अलग भएको घोषणा गरेको थिइन् । यसको जानकारी मोहिनी आफैले सामाजिक सञ्जालमा दिएकी थिइन् । इन्स्टाग्राम पोस्टमा, उनले उनले आफ्नो पति मार्क हार्ट्ससँग आफ्नो विवाह अन्त्य भएको घोषणा गरेकी थिइन् ।
रहमानको सम्बन्धविच्छेदको घोषणा भएको केही घण्टापछि मोहिनीले पनि डिभोर्सको घोषणा गरेको विषयलाई जोडेर हेरिएको छ । मिडिया र सामाजिक संजालमा रहमानको सम्बन्धविच्छेदको कारण मोहिनी भएको टिप्पणी गरिएको छ ।
२९ बर्षिय मोहिनी कोलकाताकी हुन् । उनले एआर रहमानसँग विश्वभर ४० भन्दा बढी शो गरिसकेकी छन् र अगस्ट २०२३ मा आफ्नो पहिलो एल्बम रिलिज गरेकी थिइन् ।
अहिले गुगलमा मोहिनी डेलाई धेरै सर्च गरिएको छ । पछिल्लो ३० दिनको गुगल ट्रेन्डलाई हेर्दा मोहिनी सर्च गर्ने ग्राफ तीव्र गतिमा बढेको देखिएको छ ।
रिपोर्ट अनुसार, रहमानकी पत्नी सायरा बानोका वकिलले यी अनुमानहरूमा स्पष्टीकरण दिएका छन् । उनले भने–‘दुवैको सम्बन्धविच्छेदमा कुनै सम्बन्ध छैन । सायरा र रहमानले नै यो निर्णय लिएका हुन् । हरेक विवाहमा उतारचढाव हुन्छ ।'
यसबाहेक, जब वकिललाई एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेदको कारण सोधियो, उनले यो बताउन अस्वीकार गरेका थिए ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_dyCLD8Ctm7_ecjmmyljv2mlnj5pbevz6fwvfb77jk8rysk6kdtqj6ikdkb3jb4lg8lqhlza.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया