विश्वकप छनौट : मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी

काठमाडौँ- अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा पेरुलाई पराजित गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । मार्टिनेजले सो गोल लियोनेल मेसीको असिस्टमा गरेका थिए ।
यो जितपछि विश्वकप छनौटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र शीर्ष स्थानमा कायम रहेको छ ।
त्यस्तै पेरुको भने १२ खेलमा केवल ७ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया