आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

माई सेकेण्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई  ५ लाख र ४ डेब्युटेन्टसलाई जनही एक लाख

काठमाडौँ : गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको  त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई आज एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद ५ लाख रुपैयाँ र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही  १ लाख रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो । 

त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला , कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डडस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनमा आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृङखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । 

समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए । समारोहका बीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले ‘ट्राई नेशन सिरिज’मा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुष भएको बताए ।

‘नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्र्तराष्टिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु,’ उनले भने, ‘साथै , माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेकोे छ ।’ 

नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागि परेको यस ई लर्निङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवावर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको शही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको हो  । वैशाख १ गतेदेखि देशभर ई लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचर ( एमएससी) ले नेपाली शैक्षिक क्षेत्रमा आमुल परिवर्तनको उद्देश्यसहित उपलब्ध गराइएको थियो ।

यस प्लेटफर्ममा अनलाइन ट्युटर सेवा, विद्यार्थीको सही मुल्यांकनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र त्यसअनुरुपको डाइगोनोस्टिक रिर्पोट, क्षमता परिक्षणका निमित्त जुनसुकै समयमा अभ्यासका लागि अनलाईन टेस्ट पेपरलगायत अन्य थुप्रै विशेषताहरु रहेका छन् । 

नेपालकै शिक्षा नीतिलाई लक्षित गरी बनाइएको यस प्लेटफर्म विश्वभर २० विकसित देशका दर्जनौँ क्याम्ब्रिज विद्यालय एवम् विश्वविद्यालयका हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले प्रयोग गर्दै आएका छन् । अमेजन वेब सर्भिसेसको ‘इडी स्टार्ट’ अवार्डबाट सम्मानित इ–लर्निङ प्लेटफर्मले सन् २०२०मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई लर्निङ प्लेटफर्ममध्ये शीर्ष स्थान हासिल गरेको थियो ।