युक्रेनमा ‘आकस्मिक विद्युत कटौती’ को घोषणा

काठमाडौँ - युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ।
रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुने जानकारी गराएको हो ।
डीटीईकेद्वारा सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा भनिएको छ, “किएभ, किएभको बाहिरी क्षेत्र, डोनेट्स्क र डेनिप्रोपेट्रोभ्स्क क्षेत्रमा आपतकालीन विद्युत कटौती गरिएको छ ।
यसअघि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले टेलिग्राममा भनेका थिंए, “रूसी सेनाले युक्रेनभरिका विद्युत् उत्पादन र प्रसारण सुविधाहरूमा आक्रमण गरिरहेको छ । हाम्रो ऊर्जा प्रणालीमा ठूला आक्रमण जारी छन् ।”
एएफपीका पत्रकारहरूले डोनेट्स्क क्षेत्रको स्लोभियान्स्क नजिकै किएभमा बिहानै विस्फोटको आवाज सुनेका बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले क्षेप्यास्त्र र ड्रोनबाट गरेको हवाई आक्रमणले युक्रेनको ऊर्जा उत्पादन क्षमताको आधा नष्ट भएको बताएका छन् ।
किएभले आफ्नो ऊर्जा ग्रिडको पुनर्निर्माणमा सहयोग गर्न र आफ्ना सेनालाई थप हवाई प्रतिरक्षा हतियार आपूर्ति गर्न आफ्ना पश्चिमी सहयोगीहरूलाई आग्रह गरेको छ।
युक्रेनमा कठोर जाडो आउँदै गर्दा ऊर्जाको व्यापक कमी हुनुले युक्रेनीहरूलाई जाडोको समयमा थप कठिनाई हुने देखिएको छ । यूक्रेनका अधिकांश स्थानमा जाडो हुने र हिटर र अन्य न्यानो पार्ने उपकरण र कपडाको प्रयोग आवश्यक हुने गर्छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_x3qtEcT5ku_gs6wujgsqvjdvxvjtokjsembjo4xxonrss4yd8nic0ntli9fi45lctmfgfs8.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_PwhqfvCxLY_vbkohf2x5si51hinj5orn2uthipi7i62a45vkyb6wqznndrwtoqduddhsad3.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

प्रतिक्रिया