टीभीएसको ‘साथ छ हाम्रो’ योजना

काठमाडौँ : कोभिड–१९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवन यापन सहज बनाउँदै अघि बढ्न टिभिएसले ‘साथ छ हाम्रो’ योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत टीभीएसको कुनैपनि मोटर्साइकल वा स्कुटरको खरिदमा ८,००० रूपैयाँ छुटको व्यवस्था गरिएको छ । यसै गरि किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सीमित अवधिसम्म शून्य प्रतिशत ब्याजदरको समेत विशेष सुविधा रहेको कम्पनीले जनाएको छ ।
नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको बजारमूल्य बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मुल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकवर्गमा यो योजना निकै नै आकर्षक रहेको रहेको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।
टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले उल्लेख गरेको छ । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले नेपाली बजारमा राम्रो स्थान बनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया