जिपको नयाँ कम्पासको भर्चुअल सार्वजनिकीकरण हुँदै

काठमाडौँ :नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि नै प्रि–बुकिङको घोषणा गरिसकेको एमएडब्लु लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरु गर्ने बिक्रेताले जनाएको छ ।
नयाँ कम्पासलाई नेपालका लोकप्रिय मिडिया पर्सनालिटी भुषण दाहाल र नेपालका स्टाइल आइकन प्रशान्त ताम्राकारले गर्नुहुनेछ । भर्चुअल लन्चको जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सोमबार साँझ ५ः३० मा प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँको बीचमा राखिएको बताइएको छ । नयाँ कम्पास अघिल्लो मोडेल झैं दुई वटा पावरट्रेनमा उपलब्ध हुनेछ । १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध रहेको छ ।
त्यसैगरी, २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । नयाँ कम्पासको स्टाइल अघिल्लो संस्करणमा झैं उल्लेखनीय छ । यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टरसहितको हेडल्याम्प रहनेछ । तर इन्टेरियरमा भने व्यापक परिवर्तन गरिएको उल्लेख छ ।
नयाँ कम्पासमा फिफ्ड जेनेरेसन युकनेक्टसहितको १०.१ इन्चको हाई डेफिनेसन डिस्प्ले हुनेछ । साथै यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्सन हुनेछ । कन्टेन्ट स्क्रिनलाई स्टेरिङमा रााखिएको बटनहरुबाट कन्ट्रोल गर्न सकिने जस्ता विशेषताहरू रहेका छन् ।
त्यसपछि यसमा ३६० डिग्री रिमोट क्यामेरा, क्र्युज कन्ट्रोल, बटन अपरेटेड पावर लिफ्ट गेट पनि हुनेछ । सेफ्टी र सेक्युरिटीको सूचीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिलहोल्ड एन्ड हिल डिसेन्ट कन्ट्रोल, सेलेकटेरेन ४ बाई ४ सिस्टम, ६ एअरब्याग, प्यानिक ब्रेक असिस्ट, रेन ब्रेक सपोर्ट लगायत ५० भन्दा बढी विशेषता रहेको बिक्रेताले उल्लेख गरेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया