गोरखामा पर्यटक भित्र्याउन भेला

गोरखा - गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गरिने भएको छ । नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटन प्रर्वद्धनका लागि योजना निर्माण गर्न ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को आयोजना गर्न लागिएको संघका जिल्ला अध्यक्ष केशव कुँवरले जानकारी दिए ।
यहीँ मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने उनले बताए । ‘गोरखा नगरपालिकाले समेत जिल्लामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन बर्ष घोषणा गरेर कार्यक्रम गर्न लागेको छ, अध्यक्ष कुवँरले भने, ‘त्यसलाई सहयोग पु¥याउँन संघले पनि व्यवसायीहरुको बृहत भेला गर्न लागेको हो ।’
भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने भएकाले भेलामार्फत पर्यटन व्यवसायीले पनि आवश्यक भूमिका खेल्न जोड दिइने उनको भनाई छ ।
‘पर्यटकलाई आर्कषण गर्न सक्ने थुप्रै ठाउँहरू भएपनि यथोचित हिसावले प्रचार गर्न अझै सकिएको छैन, संघका महासचिव सुमन श्रेष्ठले भने, ‘‘गोरखाले ती पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिनसके यहाँको आर्थिक सम्बृद्धिमा नयाँ फड्को मार्न सकिन्छ भन्ने विश्वास छ ।’ भेलामा करिव १ सय ५० भन्दाबढी पर्यटन व्यवसायीको सहभागिता रहने छ ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_54ZAsujOBD_0p8m9tv3uhxvcwacpazu4rwihxvqlhhw7buvvjyhsa8oa0k9dy9wmsppgunx.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया