पोखरामा सप्ताहव्यापी कर सचेतना कार्यक्रम

कास्की - स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय पोखराले आजदेखि यहाँ ‘कर सप्ताह’ कार्यक्रम सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी पोखराका विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो ।
प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यहाँ उद्योग, व्यवसायीले राज्यले निर्धारण गरेको राजस्व तिर्दै आएका भन्दै करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गरे ।
आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कार्यालयको उक्त अभियानमा संघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने हो भने राज्य बलियो हुनुका साथै विकास, निर्माणले गति लिने धारणा राखे ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसायी, उद्योगीसँग अन्तरक्रिया, सञ्चारमाध्यमसँग संवाद, शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिए ।
यस वर्षको राष्ट्रिय कर दिवस ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको जनाउँदै कर अधिकृत शर्माले सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गरे ।

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

प्रतिक्रिया