आजदेखि बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले आजदेखि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

प्रतिक्रिया