स्वास्थ्य प्रवर्द्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स-रे सेवा

काठमाडौँ- काठमाडौं महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।
वडा नम्बर १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो । वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
“आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ”, केसीको भनाइ थियो ।
त्यसक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नम्बर १४ बल्खु, वडा नम्बर १९ कङ्केश्वरी, वडा नम्बर २६ लैनचौर र वडा नम्बर ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क बिन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया