विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ- दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गत ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिल भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ४३औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले अग्रता हासिल गरेपनि खेलको ४६औं मिनेटमा टेलास्को सेगोभियाको गोलमा भेनेजुएलाले बराबरी गोल गरेका थिए ।
यस खेलमा खेलको ८९औँ मिनेटमा अलेक्जण्डर गोन्जालेजले रातो कार्ड पाएका थिए ।
यो बराबरीपछि ब्राजिलको ११ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै भेनेजुएलाको ११ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया