आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

यस्तो हुनेछ तीन दिनको मौसम : कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा  मध्यमदेखि भारि वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको छ ।

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरूको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै  भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा   मेघ गर्जन/ चट्याङ्गसहित भारी  भारी वर्षा र एक दुइ स्थानमा  अति भारि बर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा  मेघ गर्जन/ चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारि बर्षाको पनि सम्भावना रहेको छ ।