आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

कोशी, नारायणी र कमला नदीमा बाढी, डुबान हुने खतरा

फाइल फोटो

काठमाडौँ : भारी वर्षाका कारण विभिन्न नदीमा बाढी आएको छ । केही नदीमा भने खतराको तह पनि पार गरेको छ । नेपाल बाढी पुर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती नदीमा बाढी आएको छ ।

यस्तै पूर्वी राप्ती नदीमा पनि बाढी आएको छ । बाढीले खतराको तह पार गर्नै लागेका बेला जोखिम हुने भन्दै चितवन आसपासका क्षेत्रमा भने सतर्कता अपनाउन आग्रह गरिएको छ । 

यस्तै महाशाखाले नदी तथा खोलामा बाढी आउँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरुमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । महाशाखाले बाढी सम्भावित क्षेत्रका बारेमा बुलेटिन निकालेर जानकारी दिएको हो ।