प्रधानमन्त्री ओली आज जुम्ला जाँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदैछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जान लागेका हुन् ।
यसअघि गत भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दीक्षान्त समारोह स्थगित भएको थियो । कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई ओलीले दीक्षित गर्ने कार्यक्रम तय भएको छ ।
दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत जाने कार्यक्रम छ ।
कर्णाली प्रतिष्ठानका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना रहेका छन्।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया