उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार तोकेका छन् ।
अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति यादवबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया