पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपाल समुह 'बी' मा

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक गरको छ ।
एसिसीले जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म ( नोभेम्बर २९ देखि डिसेम्बर ८ ) हुने यू-१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिँदैछन् ।
एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दैछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् ।
जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह 'बी' मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
त्यस्तै समूह 'ए' मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया