तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा
वीरगञ्ज (पर्सा)- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् ।
परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भभएको बताए ।
“तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उनले भने, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।”
महामन्त्री थापाले काठमाडौँको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताए । “काठमाडौँको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उनले भने, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।”
महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको पनि बताए । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उनले भने, “काठमाडौँको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँकोभन्दा भव्य र सभ्य रहेको पाए ।”

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

प्रतिक्रिया