मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

यमनमा सरकारी र विद्रोही सेनाबीचको  झडपमा १३ को मृत्यु

यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच शनिबार झडप हुँदा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । अभियान प्रान्तमा भएको भिडन्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच भएको झडपमा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ । यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ । यमनमा हुथी समूहलाई अन्य समूहले साझा दुश्मनका रूपमा हेर्दै आएका छन् ।

एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको उक्त समूहले गत अगस्टमा घोषणा गरेको थियो ।

सन् २०१९ को डिसेम्बरमा गरिएको सम्झौताले, यमनको उत्तरी क्षेत्र जसलाई इन्धनका लागि धनी मानिन्छ । त्यहाँमा प्रभाव जमाउँदै आएको इरानको समर्थन प्राप्त हुथी समूहविरुध्दको सहकार्यलाई सुनिश्‍चितता गर्ने अनुमानबीच एसटीसी सरकारसँगको वार्ताबाट भागेको हो ।

यमनमा हुथी विद्राही र अन्य विद्रोहीविरुध्दको लडाइमा साउदी अरबको सैन्य सहयोगमा संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त सरकारको नेतृत्वमा शान्ति स्थापनाको प्रयास गरिएपनि त्यसो हुन सकेको छैन । (रासस)