पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने भएको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ ।
उनीसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

प्रतिक्रिया