नेपालको स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध

आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको छ ।
डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने खेलमा नेपालले पहिला ब्याटिंग शुरु गरेर एक विकेट गुमाउँदै २६ रन बनाएपछि बर्षा शुरु भएपछि खेल हुन सकेको थिएन । त्यसपछि खेल रद्ध गरिएको थियो । खेल हुन नसकेपछि दुवैले एक एक अंक बाँडेका छन् ।
योसँगै लिग-२ अन्तर्गतको यो सिरिज सकिएको छ । यो सिरिजपछि अमेरिकाको १२ खेलमा १६ अंक भएको छ भने लिग-२ मा शिर्ष स्थानमा छ । त्यस्तै स्कटल्याण्डको ११ खेलमा १४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी नेपालको भने १२ खेलमा ६ अंक भएको छ र सातौं स्थानमा छ ।
यस सिरिजमा पनि नेपालको खराब प्रदर्शन रह्यो । नेपालले अमेरिकासँगका दुवै खेलमा हार बेहोरेको थियो भने स्कटल्याण्डविरुद्धको एक खेल जितेको थियो ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया